Kathmandu Press

गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई लिएर देउवा बालुवाटारमा

सभापति देउवा गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर केहीबेर अघि बालुवाटार पुगेका हुन्।
गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई लिएर देउवा बालुवाटारमा

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रधानमन्त्री निवसा बालुवाटार पुगेका छन्।

सभापति देउवा गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर केहीबेर अघि बालुवाटार पुगेका हुन् ।

अहिले प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल भइरहेको छ। यो नियमित भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गरिहेकाबेला सत्तारुढ दलका दुई शीर्ष नेताबीचको भेटलाई महत्वका साथ हेरिएको छ। 

आज ११ बजेका प्रतिनिधिसभा बैठक बोलाइए पनि १ घण्टा बितिसक्दा पनि बैठक बस्न सकेको छैन । 

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, जेठ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्