Kathmandu Press

न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। 
न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

काठमाडौं, जेठ १४ : न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका निम्ति बुधबार नेपाल आउँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी दुई दिन नेपाल रहने छन्। 

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। 

Hardik ivf

उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो।
 

प्रकाशित मिति: ११:३२ बजे, बुधबार, जेठ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्