Kathmandu Press

गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज 

रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ।
गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज 

काठमाडौं, जेठ १४ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ।

अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए।

रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ।
 

प्रकाशित मिति: ११:२८ बजे, बुधबार, जेठ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्