Kathmandu Press

झाँडीमा भेटिएको बस्तु खेलाउँदा पड्किएर एक बालक घाइते

कञ्चनपुर, वैशाख २४ : खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुर, महाकाली नगरपालिका–६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली घाइते भएका छ....

झाँडीमा भेटिएको बस्तु खेलाउँदा पड्किएर एक बालक घाइते

कञ्चनपुर, वैशाख २४ : खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुर, महाकाली नगरपालिका–६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली घाइते भएका छन्। महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा उनी घाइते भएका हुन्। घाइते बालकको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। विष्फोट भएको वस्तु पटाका बनाउन प्रयोग हुने लोएक्सप्लोसिभ पदार्थ रहेको उल्लेख गर्दै उपरीक्षक पौडेलले घातक विष्फोटक पदार्थ नभएको बताए। “विष्फोटक पदार्थ कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ”, उनले भने। जंगली बँदेल, माछालगायत मार्नका लागि चोर शिकारीले विष्फोटक पदार्थ राखेको हुनसक्ने आशंका स्थानीयले गरेका छन्।

प्रकाशित मिति: १८:०० बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्