Kathmandu Press

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : अध्यक्ष दाहाल

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए।
नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : अध्यक्ष दाहाल

गोरखा, जेठ १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले नेपालमा वंशवादमा आधारित निंरकुश राजतन्त्र अब असम्भव भएको बताएका छन्। 

गोरखास्थित भीमसेन थापा गाउँपालिकाको  प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औं शताब्दीको युगमा निंरकुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए। 

Hardik ivf

नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने उनले बताए। 

‘राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिंगारपटार गरेर अगाडि ल्याउन खोजिएको छ,’ उनले भने, ‘यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ।’

अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए।

शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उनले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको बताए। 

प्रकाशित मिति: २०:५० बजे, मंगलबार, जेठ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्