Kathmandu Press

‘भिजिट भिसाको सञ्जाल ठूलो छ, यसमा राजीतिक संरक्षण छ’

‘किन लुट्नु भयो भन्ने कुरा मात्र हो। कर्मचारीप्रति कुनै सरोकार छैन, तपाई (गृहमन्त्री)माथिको जिम्मेवारीको प्रश्न छ,’ सांसद् झाले भने, ‘यो विषय अहिले आएर उब्जिएको एउटा कथा मात्र हो। तर नेपालमा यो चलिरहेको थियो।’
‘भिजिट भिसाको सञ्जाल ठूलो छ, यसमा राजीतिक संरक्षण छ’

काठमाडौं, जेठ १३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठक पश्चात उनले २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगरीमा महिलाहरुलाई बन्देज गरेपछि सुरु भएको भिजिट भिसाको सञ्जाल ठूलो रहेको बताउँदै कुनै राजनीतिक संरक्षक बिना सम्भव नभएको बताए।

Hardik ivf

‘किन लुट्नु भयो भन्ने कुरा मात्र हो। कर्मचारीप्रति कुनै सरोकार छैन, तपाई (गृहमन्त्री)माथिको जिम्मेवारीको प्रश्न छ,’ सांसद् झाले भने, ‘यो विषय अहिले आएर उब्जिएको एउटा कथा मात्र हो। तर नेपालमा यो चलिरहेको थियो।’

२०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगारीमा जान महिलाहरुलाई जुन किसिमको बन्देज गरियो, त्यसपछि लुटेराहरुले संजाल नै बनाएर लुट्न सुरु गरेको उनले बताए। यसमा राजनीतिक संरक्षण भएको उनको भनाई छ।

यही विषयलाई लिएर आज प्रतिपक्षी दलहरू प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छ। विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा दिनुपर्ने र छानविन हुनुपर्ने बताएका छन्। विपक्षी दलहरुले नाराबाजी गरेपछि बैठक केहीबेर बसेर स्थागित भएको थियो।

 

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, जेठ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्