Kathmandu Press

घटनाको गहिराइमा नपुगि राजीनामा माग्ने प्रवृत्ति गलत छ : डा.रिजाल

उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढी चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए। 
घटनाको गहिराइमा नपुगि राजीनामा माग्ने प्रवृत्ति गलत छ : डा.रिजाल

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका नेता डा.मिनेन्द्रराज रिजालले घटनाहरुको मूल विषयमाभन्दा बढी व्यक्तिको राजीनाको विषय चर्चामा आउने गरेको बताएका छन्। 

मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढी चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए। 

Hardik ivf

‘पछिल्लो समय घटनाहरु बाहिर आउँछन्। ती घटनाहरुको मूल कुरामा चर्चाभन्दा बढि राजीनामा गर्नुपर्यो अथवा राजीनामा गर्नु पर्छ या पर्दैन भन्ने विषयमा बहस केन्द्रीत भइरहेका छन्,’ उनले भने, ‘अहिले (गृहमन्त्री रमेश लेखक)को मात्र होइन पहिलाको पनि चारपाँच वटा मुद्दा त्यस्तै छन्। ति घटनाको मूल आसय राजीनामा गर्नुपर्छ कि पर्दैन्, राजीनामा नदिए संसद चल्छ कि चल्दैँन् भनेर पक्ष र विपक्ष बहस हुने गर्छ। त्यसैले सञ्चारको जिम्मेवारी भनेको सत्य तथ्य बाहिर ल्याउने हो, सतहीमा हिड्नु भएन।’

सोही कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदय शमशेर जबराले मिडिया ट्रायल, अदालतको ट्रायलभन्दा बढी महत्वपूर्ण हुन लागेको भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए।  
 

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, जेठ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्