Kathmandu Press

दलहरुबीच सहमति जुटेन, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान लिएपछि बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो। 
दलहरुबीच सहमति जुटेन, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभा बैठक बुधबार सम्मका लागि स्थगित गरिएको छ। 

मङ्गलबार बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठक भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले अबरुद्ध पारेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। 

विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान लिएपछि बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो। 

प्रतिनिधिसभामा बोल्नेक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्च स्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने अडान राखेका थिए। 

प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, जेठ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्