Kathmandu Press

हिंसात्मक प्रदर्शनका ‘कमाण्डर’ प्रसाईंका अंगरक्षक रिहा

उनीहरुलाई गत चैत १५ गतेको घटनामा आगजनी र तोडफोडमा संलग्न रहेको प्रमाण नदेखिएको भन्ने आधारमा रिहा गरिएको छ।
हिंसात्मक प्रदर्शनका ‘कमाण्डर’ प्रसाईंका अंगरक्षक रिहा

काठमाडौं, जेठ १३ : तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका ‘कमाण्डर’ दुर्गा प्रसाईंका अंगरक्षक रिहा भएका छन्।  

प्रसाईँसँगै भारतबाट पक्राउ परेका अंगरक्षक दीपक खड्का र त्यसअघि काठमाडौंबाट पक्राउ परेका रामकुमार धिमाल रिहा भएका हुन्। 

उनीहरुलाई गत चैत १५ गतेको घटनामा आगजनी र तोडफोडमा संलग्न रहेको प्रमाण नदेखिएको भन्ने आधारमा रिहा गरिएको छ। सरकारी वकिल कार्यालय, काठमाडौँको निर्देशन अनुसार प्रहरीले रिहा गरेको हो। 

खड्का र धिमालविरुद्ध हातहतियारको कसुरको मुद्दा भने विचाराधीन छ । पछिल्लो मुद्दामा भने उनीहरूलाई प्रतिवादी बनाइएको छैन। 

प्रहरीले प्रतिवेदन बुझाउँदा प्रमाण पेश गर्न नसकेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ। 

प्रसाईँसहित ६१ जनाविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ। अहिले अदालतमा बयान र बकपत्र भइरहेको छ। 

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, जेठ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्