Kathmandu Press

बाजुरामा टेलिकमको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

प्रहरीका अनुसार दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको छ। 
बाजुरामा टेलिकमको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बाजुरा, जेठ १३ : बाजुरामा जीप दुर्घटना भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोट मंगलबार भएको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट ८० मिटर खसेको प्रहरीले जनाएको छ। जीप बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिका जाँदै थियो।

प्रहरीका अनुसार दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको छ। 

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन्।

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, जेठ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्