Kathmandu Press

विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित 

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानविन हुनुपर्ने माग गर्दैै संसद अवरोध गरेका छन्। 
विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित 

काठमाडौं, जेठ १३ : विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थागित भएको छ। 

बैठक सुरु भएलगत्रै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए। विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानविन हुनुपर्ने माग गर्दैै संसद अवरोध गरेका छन्। 

Hardik ivf

त्यसपछि सभामुख देवराज घिमिरेले माओवादीका केन्द्रका वर्षमान पुन र रास्वपाका शिशिर खनाललाई बोल्न समय दिएका थिए। 

उनीहरूले बोलिसकेपछि फेरि विपक्षी सांसदहरुले उठेर विरोध गरेका थिए। 

विपक्षी दलहरूको अवरोधका बीच सभामुख देवराज घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए। तर, विपक्षी दलका सांसदले नारावाजी सुरु गरेपछि सभामुखले उनलाई आशन ग्रहण गर्न लगाए। र, बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे।

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, जेठ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्