प्रतिनिधिसभामा विपक्षीको अवरोध
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानविन हुनुपर्ने माग गर्दै संसद अवरोध गरेका हुन्।
काठमाडौं, जेठ १३ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन्।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानविन हुनुपर्ने माग गर्दै संसद अवरोध गरेका हुन्।
विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले धारणा राख्नका लागि प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई समय दिएका थिए।
पुनले बोले लगत्तै विपक्षी दलका सासंसदहरुले पुनः उठेर संसद अवरोध गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले रास्वाप सांसद शिशिर खालललाई बोल्न समय दिए। उनले बोलिसक्ने वित्तिकै पुनः विपक्षी सांदहरुले अवरोधलाई जारी राखेका छन्।
त्यसको केही सयपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलेलाई बोल्न समय दिएका थिए। लगत्तै विपक्षी सांसदरू नाराबाजी गरेका थिए। त्यसपछि सभामुखले उनलाई बस्न खाग्ह गरेका थिए।












