Kathmandu Press

लाखौं जनता सडकमा आएभने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : लिङ्देन

उनले देश बिग्रियो भने युवाको भविष्य बिग्रने दाबी गरे। उनले देशका तीन ठूला दलका नेताहरुका कारण देश विग्रिएकाले युवाहरुको भविष्य अन्योलमा परेको बताए।
लाखौं जनता सडकमा आएभने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : लिङ्देन

काठमाडौं, जेठ १२ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउने गरेको बताएका छन्।

सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताए।

Hardik ivf

उनले देश बिग्रियो भने युवाको भविष्य बिग्रने दाबी गरे। उनले देशका तीन ठूला दलका नेताहरुका कारण देश विग्रिएकाले युवाहरुको भविष्य अन्योलमा परेको बताए।

अध्यक्ष लिङ्देनले तीन करोड जनसंख्या भएको देशमा ६० लाख भन्दा बढी विदेशमा छन् भने देशको अवस्था  कस्तो होला भन्दै प्रश्न गरे। उनले शान्तिपुर्वक ढंगले लाखौं जनता सडकमा आयौँ भने एकै दिनमा गणतन्त्र समाप्त हुने  बताएका थिए।  

त्यस्तै कार्यक्रममा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैमा भरपर्ने बताए। उनले भ्रष्टचारीका विरुद्द एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको सविंधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे । 
 
प्रकाशित मिति: २०:१६ बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्