Kathmandu Press

यसपल्ट ‘पपुलिस्ट’ बजेट आउँदैन : सञ्चारमन्त्री गुरुङ

‘राष्ट्रिय गौरवका योजनाहरु सफल पार्न सरकारले जोड दिन्छ । पाँच छ वटा राष्ट्रिय गौरवका योजना सम्पन्न गर्ने काममा सरकार केन्द्रित रहेको छ,’ उनले भने।
यसपल्ट ‘पपुलिस्ट’ बजेट आउँदैन : सञ्चारमन्त्री गुरुङ
फाइल तस्बिर।

काठमाडौं, जेठ १२ : सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस पालिको बजेट ‘पपुलिष्ट’ खालको नआउने बताएका छन्। 

काठमाडौँमा सोमबार आयोजित लमजुङ दोर्दी गाउँपालिकाका विज्ञहरुको सुझाव तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताए।

Hardik ivf

व्यवहारमा लागू गर्न नसक्ने खालका बजेट निरुत्साहित गरिने पनि मन्त्री गुरुङले बताए। 

‘यसपालि पपुलिस्ट बजेट आउँदैन। थोरै बजेटको अपुगका कारण पूरा हुन नसकेका योजनाहरुमा थप बजेट गरी सम्पन्न गर्ने बजेटको धेय रहेको छ,’ मन्त्री गुरुङले भने, ‘धेरै पैसा खर्च भएर अलपत्र परेका योजना थुर्पै छ। अलपत्र परेका योजना पूरा गर्नेमा बजेटले प्राथमिकता पाउँछ।’ 

साथै मन्त्री गुरुङले कुनै ‘स्टुमेट’ नै नगरी बनेका योजनाहरु बजेटको प्राथमिकतामा नपर्ने पनि स्पष्ट पारे।

‘राष्ट्रिय गौरवका योजनाहरु सफल पार्न सरकारले जोड दिन्छ । पाँच छ वटा राष्ट्रिय गौरवका योजना सम्पन्न गर्ने काममा सरकार केन्द्रित रहेको छ,’ उनले भने।

मन्त्री गुरुङले कुनै बन्दै गरेको योजनामा धेरै रकम खर्च भइसकेको र थोरै रकम अभावका कारण अलपत्र परेको छ भने त्यसलाई पूरा गर्न बजेट विनियोजन प्राथमिकतामा राखिने समेत स्पष्ट पारे। 

‘बजेट आवश्यकता र प्राथमिकताका आधारमा आउँछ । अब स्थानीय तहले बजेट बनाउँदा पनि त्यहाँका बासिन्दाको जिवस्तर उकास्ने, आर्थिक समृद्धि ल्याउने र गरिबी निवारण गर्ने खालका योजनाहरुमा केन्द्रित हुनुपर्छ,’ गुरुङले भने।  
सडक र बाटोघाटो जस्ता ठुला योजना सङ्घीय सरकारले गर्ने भनाई उनको छ । मन्त्री गुरुङले सूचनाप्रविधि युगको समयमा इगर्भनेन्स कार्यशैली प्रभावकारी बनाउन स्थानीय तहमा डिजिटल पहुँच विस्तारमा मन्त्रालयले जोड दिँदै आएको समेत बताए । 
 

प्रकाशित मिति: १९:३० बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्