Kathmandu Press

माओवादी केन्द्र र नेपा पार्टीबीच एकता

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई माओवादी केन्द्रले अलि बढि नै महत्व दिएको बताए। 
माओवादी केन्द्र र नेपा पार्टीबीच एकता

काठमाडौं, जेठ १२ : नेकपा माओवादी केन्द्र र नेपा राष्ट्रिय पार्टीबीच एकता भएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच दुई पार्टीबीच एकता भएको हो।

कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई माओवादी केन्द्रले अलि बढि नै महत्व दिएको बताए। 

उनले माओवादीले मानिसको संख्यालाई भन्दा उसको गुण, विचार, संस्कृति, मूल्य, मान्यतालाई बढि महत्व दिने भन्दै नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई बढि महत्व दिएको बताए। 

‘नेपा राष्ट्रिय पार्टी मुख्यत नेवार समुदायभित्र र त्यसमा पनि काठमाडौंमा अली बढि केन्द्रीत छ । हामीले मानिसको संख्यालाई भन्दा उसको गुण, विचार, संस्कृति, मूल्य, मान्यतालाई बढि महत्व दिन्छौं,’ अध्यक्ष दहालले भने, ‘विचार सही छ भने सानो पार्टी पनि ठूलो हुँदै जान्छ, विचार गलत छ भने ठूलो पार्टी पनि सानो हुदैँ जान्छ। त्यही मान्यता अनुसार नै यो नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई माओवादी केन्द्रले अलि बढि नै महत्व दिएकै छ।’

उनले माओवादी केन्द्र नेवार समुदायको अधिकार र पहिचानको लागि इमान्दारिताका साथ लड्ने पार्टी भएको पनि बताए। 

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, जेठ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्