Kathmandu Press

विदेशी विद्यार्थीका लागि पनि नेपाललाई ‘शिक्षाको हब’ बनाउनुपर्छ : सभापति देउवा

उनले शिक्षाको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गनुपर्ने आवस्यकता समेत औंल्याए।  
विदेशी विद्यार्थीका लागि पनि नेपाललाई ‘शिक्षाको हब’ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षामा  विदेशी विद्यार्थीका लागि पनि नेपाललाई ‘शिक्षाको हब’ बनाउनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसको शिक्षा विभागले सोमबार आयोजना गरेको ‘शिक्षा नीति’ बारेको बहस कार्यक्रममा सभापति देउवाले यस्तो भनाई राखेका हुन्। 

देउवाले शिक्षा नै महत्वपूर्ण विषय भएको बताए । उनले शिक्षाको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गनुपर्ने आवस्यकता समेत औंल्याए।  

‘शिक्षा सभ्यता पनि भएकाले गाउँदेखि सहरसम्मका मानिसलाई शिक्षित भएर अघि बढाउनुपर्ने आवस्यकता छ,’ सभापति देउवाले भने । 

‘शिक्षाको विषय एकदमै महत्वपूर्ण विषय हो। हरेक अभिभावकहरुले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन्। त्यसकारण हामीले नेपालको शिक्षा प्रणालीलाई राम्रो र बलियो बनाउनु पर्छ,’ सभापति देउवाले भने, ‘नभए सबैले आफ्ना सन्तानलाई विदेश पठाउन थाल्छन्। नेपाल शिक्षाको हब पनि बन्नसक्छ। सोही अनुसार अगाडि बढ्न सक्यौ भने नेपाली मात्र होइन विदेशी विद्यार्थीहरु पनि नेपाल आउन सक्छन्।’ 

शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने बताए । 


 

प्रकाशित मिति: १८:५० बजे, सोमबार, जेठ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्