Kathmandu Press

वडाध्यक्ष नेतृत्वको विद्यालय व्यवस्थापन समिति गठन नगर्न अन्तरिम आदेश 

सर्वोच्चका न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त आदेश दिएको हो। 
वडाध्यक्ष नेतृत्वको विद्यालय व्यवस्थापन समिति गठन नगर्न अन्तरिम आदेश 

काठमाडौं, असार १२ : डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा वडाध्यक्षको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्चले काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो। विजय स्मारक मावि व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कार्कीले रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त आदेश दिएको हो। 

काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुशकुमार ढकालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको थियो। 

वडाध्यक्षलाई स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने महानगरपालिकाको शिक्षा ऐनको संशोधित प्रावधान यसअघि सर्वोच्चबाटै बदर भएको थियो। 

महानगरले साविककै व्यवस्था अनुसार गत चैतमा विजय स्मारक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरेको थियो।

प्रकाशित मिति: १७:५६ बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्