Kathmandu Press

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मानवअधिकार आयोगको ध्यानाकर्षण

आयोगले मानवअधिकारका बिषयमा प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने भन्दै ध्यानाकर्षण गरेको हो। 
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, जेठ १२ : राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।

आयोगले मानवअधिकारका बिषयमा प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने भन्दै ध्यानाकर्षण गरेको हो। 

Hardik ivf

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने भन्दै दिएको अभिव्यक्ति विवादित बनेको हो। 

जेठ १५ गते राजावादी समूहले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका थिए। उनले कार्यकर्तालाई त्यसविरुद्ध उत्रन समेत निर्देशन दिएका थिए। 

मानवअधिकार आयोगले ध्यानाकर्षण गर्दै विज्ञप्तिमा भनेको छ, ‘यस्तो परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ।’ 

आयोगले अघि भनेको छ, ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरित हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ छ ।’ साथै, आयोगले शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध नगरेको समेत आयोगले स्मरण गराएको छ।

आयोगले जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मुठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने समेत बताएको छ। 

आयोगका तर्फबाट प्रवक्ता डा.टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन समेत आग्रह गरिएको छ। 
 

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्