Kathmandu Press

माओवादी केन्द्र र नेसपाबीच एकता, श्रेष्ठ बने माओवादीको सचिव

सोमबार आएको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित कार्यक्रमका एकताको सहमति पत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष गंगानारायाण श्रेष्ठले हस्ताक्षर गरे।
माओवादी केन्द्र र नेसपाबीच एकता, श्रेष्ठ बने माओवादीको सचिव

काठमाडौं, जेठ १२ : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकता भएको छ। सोमबार आएको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित कार्यक्रमका एकताको सहमति पत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष गंगानारायाण श्रेष्ठले हस्ताक्षर गरे।

योसँगै गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादीमा समायोजित भएका छन्।

एकतासँगै श्रेष्ठ माओवादीको सचिव बन्ने भएका छन्। अन्य नेताहरूको पदीय हैसियत भने टुंग्याउन बाँकी छ।

श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन्। उनी २०७२ मा डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ माओवादीबाट अलग भएका थिए।

माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो। तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्किएका हुन्।

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, जेठ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्