Kathmandu Press

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। 
गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं, जेठ १२ : माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ। 

बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। 

Hardik ivf

‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका भन्ने विषय छन्। सबैतिरबाट आवाज आइरहेको छ। यसमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’ उनले थप भने, ‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अव गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्छ। पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन। स्वतन्त्र, निश्पक्ष छानविनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निश्कर्ष छ।’

यस्तै उनले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्र अभियानले राष्ट्रिय एकता, जनजीविका लगायतका कुराहरु नयाँ अध्ययन अनुसन्धान गर्नका लागि मजबुत आधारहरु तयार भएको बैठकले निष्कर्ष निकालेको बताए।

साथै उनले गंगालाल श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग र नेपा राष्ट्रिय पार्टीबीच एकताको  सबै कुरा टुङगोमा पुगेको बताए। 

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्