Kathmandu Press

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

आगलागीमा २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

कपिलवस्तु, जेठ १२ : खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा दाजुबहिनीको मृत्यु भएको छ।

आइतबार पर्शुराम यादवको घरमा खाना पकाउने क्रममा ग्यास रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो। सो आगलागीमा २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो। सोनमको भैरहवामै मृत्यु भएको थियो भने शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

आगलागीबाट शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्