Kathmandu Press

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको कांग्रेसको निष्कर्ष

‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री जी संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ,’ बैठकपछि डा. महतले भने।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको कांग्रेसको निष्कर्ष
फाइल तस्बिर।

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ। 

आज बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएकाले सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष बैठकले निकालेको प्रवक्ता डा. प्रकाशशरण महतबताए।

‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री जी संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ,’ बैठकपछि डा. महतले भने।

Hardik ivf

 उनले अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने बताए ।

शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको बताउँदै उनले अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने उल्लेख गरे। 

बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सबिस्तार ब्याख्या गरेका थिए। 

उनले भिजिट भीसा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए। यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताएका हुन्।

‘यस्ता विषमा संसद अवरोध गर्नुपर्ने कुनै आधार नै छैन। छानबिनको दायरामा उहाँ हुनुहुन्छ। आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छ,’ उनले भने, ‘बिना आधारमा सामाजिक सन्जालमा फैलाइएको अफवाहकै आधारमा संसद अवरोध हुन थालेको छ। कहीं पनि यस्तो गर्न मिल्दैन।’

उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए।

‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन। उहाँमाथि आरोप आयो, उजुरी आयो। त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौं,’ उलने भने, ‘यहाँ त न कुनै आरोप छ, न आधार छ। आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन।’

प्रकाशित मिति: १२:३० बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्