Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक बस्दै, गृहमन्त्री लेखकबारे कस्तो आउँला निर्णय? 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक मोटो रकम घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । 
कांग्रेस पदाधिकारी बैठक बस्दै, गृहमन्त्री लेखकबारे कस्तो आउँला निर्णय? 

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाइएको हो ।  बैठकको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्ने छलफल गर्ने रहेको बताईएको छ ।

Hardik ivf

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक मोटो रकम घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । 

बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पाटी पदाधिकारीलाई ब्रिफिङ गर्नेछन् ।यसबारे कांग्रेसका नेताहरूबिच लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्नेमा फरक फरक धारणा बाहिर आइसकेका छन् ।

प्रकाशित मिति: ०८:०७ बजे, सोमबार, जेठ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्