Kathmandu Press

कोरोना संक्रमित भेटिएपछि कारागारमा उच्च सतर्कता

राजापुर, वैशाख २४ : बाँकेको नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित पुष्टि भएसँगै बर्दियाको गुलरिया कारागारमा उच्च सतर्कता अपनाइएको छ। कैदीबन्दीलाई सं....

कोरोना संक्रमित भेटिएपछि कारागारमा उच्च सतर्कता
सांकेतिक

राजापुर, वैशाख २४ : बाँकेको नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित पुष्टि भएसँगै बर्दियाको गुलरिया कारागारमा उच्च सतर्कता अपनाइएको छ। कैदीबन्दीलाई संक्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको कारागार प्रशासनले जनाएको छ। 

कोराना भाइरसको जोखिमलाई ध्यानमा राखी कैदीबन्दीको आफन्तसंँगको  भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर डिल्लीराज पौडेलले बताए।  जेलरका अनुसार कारागारको एउटा कोठामा क्वारेन्टटाइन बनाइएको छ।  कारागारमा चलान गरिने कैदीबन्दीलाई  स्वास्थ्य परीक्षण गरेर मात्र भित्र राखिने गरिएको छ।

कैदीबन्दीलाई सेनिटाइजर, मास्क र साबुनको पनि व्यवस्था मिलाइएको छ। बन्दाबन्दी अवधिमा कारागारमा दुई पुरुष बन्दी थपिएका छन्। यससँगै हाल त्यहाँ २७७ कैदीबन्दी छन्। तीमध्ये  २६४ पुरुष, १२ महिला र एक आश्रित बालक छन्।  

कारागारको क्षमता भने १०० पुरुष र २५ महिला गरी १२५ जनाको मात्र रहेको जेलर पौडेलले जानकारी दिए। कारागारमा पाँच जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको र  १४ दिनसम्म राख्ने गरिएको बताइएको छ। रासस

प्रकाशित मिति: १५:५३ बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्