Kathmandu Press

सुमनाले सहमहामन्त्री पदबाट दिएको राजीनामा स्वीकृत

रास्वपा केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। श्रेष्ठले गत वैशाखमै राजीनामा बुझाएकी थिइन्। 
सुमनाले सहमहामन्त्री पदबाट दिएको राजीनामा स्वीकृत

काठमाडौं, जेठ ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिएको राजीनामा आइतबार स्वीकृत गरेको छ।

रास्वपा केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। श्रेष्ठले गत वैशाखमै राजीनामा बुझाएकी थिइन्। 

उनले एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै राजीनामा दिएकी हुन्। पूर्व शिक्षामन्त्री रहेकी श्रेष्ठ प्रतिनिधिसभा सांसद हुन्। 
 
प्रकाशित मिति: १८:५५ बजे, आइतबार, जेठ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्