तीनकुने हिंसात्मक घटनामा ६१ जनाविरुद्ध मुद्दा, प्रसाईसहित आठविरुद्ध ‘कर्तव्य ज्यान’ अभियोग
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राज्यविरुद्धको कसुरसहित राप्रपाका नेता धवलशमशेर राणा, रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो।
काठमाडौं, जेठ ११ : तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राज्यविरुद्धको कसुरसहित राप्रपाका नेता धवलशमशेर राणा, रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो।
अभियोगपत्रमा ११ जनालाई आपराधिक उपद्रवको आरोपमा मुद्दा चलाइएको छ। प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको अभियोग समेत लगाइएको छ।
प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध पनि कर्तव्य ज्यान कसुरको मुद्दा दर्ता गरिएको छ।
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
प्रकाशित मिति: १७:४० बजे, आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
