महरामाथि बलात्कारको आरोप लगाउने रोशनी शाही मृत भेटिइन्
उनलाई कोठाभित्रैबाट चुक्कुल लगाएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
काठमाडौं, जेठ ११ : तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउँदै जेल पुर्याउने रोशनी शाही मृत फेला परेकी छन्।
शाहीलाई प्रहरीले आइतबार भक्तपुरको सूर्यविनायकमा मृत फेला पारेको हो। शाही सूर्यविनायक नगरपालिका–बालकोटस्थित वृहस्पति मार्गमा डेरा लिएर बस्दै आएकी थिइन्।
उनलाई कोठाभित्रैबाट चुक्कुल लगाएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । प्रहरीका अनुसार शाहीको स्थायी घर जाजरकोट रहेको छ।
प्रहरीले घटनास्थलमा ‘सुसाइड नोट’ पनि फेला पारेको जनाइएको छ।
प्रकाशित मिति: १७:३६ बजे, आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार