Kathmandu Press

तीनकुने घटनामा मुछिएका ३४ जनाविरुद्ध मुद्दा नचल्ने

१८ जना अझै फरार थिए । ९० जनालाई हिरासतमा राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको छ। 
तीनकुने घटनामा मुछिएका ३४ जनाविरुद्ध मुद्दा नचल्ने

काठमाडौं, जेठ ११ : तीनकुने घटनाको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानमा ल्याइएका ३४ जनाविरुद्ध मुद्दा चलाउनु नपर्ने राय प्रहरीले सरकारी वकीललाई दिएको छ्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सरकारी वकीलको कार्यालयलाई उक्त राय दिएको हो। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्नताको आरोपमा १०८ जनामाथि अनुसन्धान भएको थियो। 

१८ जना अझै फरार थिए । ९० जनालाई हिरासतमा राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत बिहीबार जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा, रायसहितको प्रतिवेदन बुझाएको थियो। 

प्रतिवेदन अनुसार आजै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी छ । प्रदर्शनपछि परार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याई अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १६:३२ बजे, आइतबार, जेठ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्