कम्बोडियामा ३२ अर्बको हल्ला फिँजाउने प्रचण्ड हुन् : ओली
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो। त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्।’
काठमाडौं, जेठ ११ : प्रधानमन्त्री केपी ओलीले कम्बोडियामा ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ती प्रचण्ड रहेको बताएका छन्।
नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा आइतबार प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।
‘कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो। त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्,’ कार्यक्रम उद्घाटनकाक्रममा उनले भने।
प्रधानमन्त्री ओलीले माधव नेपाल एमालेको नेतृत्वमा हुँदा प्रभावकारीरुपमा चलाउन नसकेको समेत आरोप लगाए ।
‘माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा चलाउन सकेनन् । पछिसम्म पार्टी चाँही कब्जामा लिएर बस्न खोजे,’ उनले भने।
उनले निकम्मा नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अकांक्षा साथ पार्टीलाई अगाडि बढाउँदा उनीहरुलाई चित्त नबुझेको भनाई ओलीको छ । ‘अहिले हामीविरुद्ध षड्यन्त्रमा लागेका छन्,’ ओलीले भने।