Kathmandu Press

युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउने तयारी  

कैद भुक्तान गरी शनिबार साँझ जेलमुक्त भएका उनलाई सीआईबीको टोलीले पुनः पक्राउ गरेको थियो।
युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउने तयारी  

काठमाडौं, जेठ ११ : नख्खु जेलबाट थुनामुक्त भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरको मुद्दा चलाइने भएको छ। 

अन्सारीलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको थुना म्याद थप भएको छ। अन्सारी यसअघि नक्कली भारतीय नोटको कारोबार आरोपमा अदालतबाट दोषी ठहर भएका थिए। 

उक्त मुद्दामा उनी नख्खु कारागारमा थिए। कैद भुक्तान गरी शनिबार साँझ जेलमुक्त भएका उनलाई सीआईबीको टोलीले पुनः पक्राउ गरेको थियो।

अन्सारीलाई अदालतमा थुना म्यादका लागि उपस्थित गराइएको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि सीआइबीलाई पाँच दिनको म्याद दिएको छ। 
 

प्रकाशित मिति: १४:२० बजे, आइतबार, जेठ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्