Kathmandu Press

लामिछानेको मुद्दामा त्रुटि देखिएपछि संशोधन गरिँदै  

सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको संयुक्त इजलासले शुक्रबार गरेको आदेश सच्याउन पेसी तय भएको हो। 
लामिछानेको मुद्दामा त्रुटि देखिएपछि संशोधन गरिँदै  

काठमाडौं, जेठ ११ : रास्वपा सभापति रवि लामिछानेको वन्दीप्रत्यक्षीकरण रिट निवेदनमा भएको आदेशमा त्रुटि देखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकिएको छ। 

सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको संयुक्त इजलासले शुक्रबार गरेको आदेश सच्याउन पेसी तय भएको हो। 

सर्वोच्चले लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालत, तुल्सीपुरको आदेशलाई सदर गर्नेक्रममा शब्दमा त्रुटी भएको छ। 

‘आदेश’ लेख्नुपर्ने ठाउँमा ‘फैसला’ लेखिएका कारण त्रुटीपूर्ण भएको हो। त्रुटीको भुल सुधारका लागि सर्वोच्च आफैँले पेशी तोकेको जनाइएको छ। 

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, जेठ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्