काठमाडौं महानगरमा ‘स्पष्टीकरण आतंक’
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। त्यस्को दुई दिनपछि नगर प्रमुख बालेनले मानन्धरलाई स्पष्टीकरण सोधेका छन्।
काठमाडौं, जेठ ११ : काठमाडौँ महानगरमा एकले अर्काविरुद्ध पत्र काट्ने ‘स्पष्टीकरण आतंक’ नै चलेको छ।
पछिल्लो समय नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले वडा न. १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन्। स्पष्टीकरण साधिएका मानन्धर महानगरका प्रवक्तासमेत हुन्।
मानन्धरलाई जेठ ८ गतेको मितिमा स्पष्टीकरण सोधिएको छ। विभिन्न मिडियामा गलत ढंगबाट बोलेका कारण महानगरको प्रतिष्ठामा आँच आएको प्रश्न पत्रमा उठाइएको छ। प्रवक्ता मानन्धरलाई ७ दिनभित्रै स्पष्टीकरणको जवाफ दिन भनिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। त्यस्को दुई दिनपछि नगर प्रमुख बालेनले मानन्धरलाई स्पष्टीकरण सोधेका छन्।
पाण्डेलाई गुरागाँइले जेठ ६ गते अनुशासनहीन आचरण गरेको आरोपमा स्पष्टीकरण सोधेका थिए । बालेनको स्पष्टीकरण त्यस्को काउन्टरमा आएको छ।
मेयरबाटै नसिहत दिने आसयसहित स्पष्टीकरण पत्र काटिएपछि प्रवक्ता मानन्धर क्रुद्ध बनेको बताइएको छ।
