Kathmandu Press

हार्वर्डको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोस्ने ट्रम्पको योजनालाई अदालतले रोक्यो 

ट्रम्प प्रशासनको विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनाविरुद्ध हार्वर्डले मुद्दा दायर गरेपछि अदालतको यो आदेश आएको हो ।
हार्वर्डको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोस्ने ट्रम्पको योजनालाई अदालतले रोक्यो 

काठमाडौं, जेठ ११ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यहाँको हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनालाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ ।

ट्रम्प प्रशासनको विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनाविरुद्ध हार्वर्डले मुद्दा दायर गरेपछि अदालतको यो आदेश आएको हो । विश्वविद्यालयले ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न प्रतिबन्ध लगाउने निर्णय कानुन र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताएको छ ।

ट्रम्प प्रशासनले हार्वर्डले यहूदीविरोधी विचारलाई प्रश्रय दिएको र यसको भर्ना प्रक्रिया परिवर्तन गर्न पर्याप्त काम नगरेको आरोप लगाएको छ । तर, यस्ता आरोपहरूलाई विश्वविद्यालयले कडाइले अस्वीकार गरेको छ ।

अमेरिकी जिल्ला न्यायाधीश एलिसन ब्युरोजले शुक्रबार जारी एक संक्षिप्त फैसलामा अस्थायी रोक आदेश जारी गरेकी हुन् । यो मुद्दाको अर्को सुनवाइ मे २९ मा बोस्टनमा हुने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, जेठ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्