जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु र दुई जना घाइते
शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनकारी दिएको छ ।
काठमाडौं, जेठ ११ : तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनकारी दिएको छ ।
प्रहरी कार्यालय तनहुँका अनुसार पाँच जना सवार जिप दुर्घटनामा पर्दा व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको र चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् । घाईते हुने दुईजनाको अवस्था भने मध्यम नै रहेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
