Kathmandu Press

भिजिट भिसाबारे धेरै बुझिसकेको छु, चाँडै प्रष्ट पार्नेछु : गृहमन्त्री

उनले आफूले जीवनभरी पार्टीको टाउको निहुरिने काम नगर्ने बताए।
भिजिट भिसाबारे धेरै बुझिसकेको छु, चाँडै प्रष्ट पार्नेछु : गृहमन्त्री

काठमाडौं, जेठ १० : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला मन्त्रालयले तुरुन्तै विज्ञप्ति निकाल्ने र त्यसपछि आफू पनि सार्वजनिक रूपमा बोल्ने बताएका छन्।

शनिबार धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले यसबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

Hardik ivf

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। दुई–तीन दिन किन चुप लागेर बसेको थिएँ। यो कहाँबाट, कसरी र किन भइरहेछ भन्ने बुझ्दै थिएँ। अब यसबारे धेरै कुरा थाहा पाइसकेको छु,’ उनले भने, ‘आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुईरचार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’

साथै उनले आफूले जीवनभरी पार्टीको टाउको निहुरिने काम नगर्ने बताए। उनले यस्ता विषयहरुमा कसैले पनि टाउको नदुखाउन आग्रह गरे।

गृहमन्त्री लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि उनको आलोचना भइरहेको छ।मन्त्री लेखकको सचिवालयमा कार्यरत एक व्यक्तिमाथि फर्जी कागजात प्रयोग गरी भिजिट भिसामा मानव तस्करीको सेटिङ गरेको गम्भीर आरोप लागेको छ। 

७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएसँगै भिजिट भिसाको नाममा ‘अघोषित मानव तस्करी’ भइरहेको खुलासा भएको थियो।

अख्तियारको अनुसन्धानले गृहमन्त्री लेखकका निजी सचिवालयका कर्मचारीहरूसँग भट्टराइको नियमित सम्पर्क देखाएकाले यसमा गृहमन्त्री समेत संलग्न हुनसक्ने टिप्पणी भइरहेको छ। 

प्रकाशित मिति: १९:४६ बजे, शनिबार, जेठ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्