Kathmandu Press

‘प्राप्त भएका अधिकारलाई सुरक्षित र संस्थागत गर्न जरुरी’

‘प्राप्त भएको अधिकारलाई सुरक्षित राख्ने जिम्मेवारी हाम्रो हो। संघर्ष गरेर अधिकार त आयो अब त्यो अधिकारहरुलाई सुरक्षित गरेर संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाइँहाम्रो काँधमा छ,’ उलने भेन।
‘प्राप्त भएका अधिकारलाई सुरक्षित र संस्थागत गर्न जरुरी’

काठमाडौं, जेठ १० : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लामो समय संघर्ष गरेर पाएको अधिकारलाई सुरक्षित गरी संस्थागत गर्दै अगाडि बढाउनु सबैको जिम्मेवारी रहेको बताएका छन्। 

शनिबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्राप्त भएको अधिकारलाई सुरक्षित राख्ने जिम्मेवारी सबैको भएको बताएका हुन्। 

Hardik ivf

‘प्राप्त भएको अधिकारलाई सुरक्षित राख्ने जिम्मेवारी हाम्रो हो। संघर्ष गरेर अधिकार त आयो अब त्यो अधिकारहरुलाई सुरक्षित गरेर संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाइँहाम्रो काँधमा छ,’ उलने भेन।

उनले अहिले नकारात्मक कुरालाई हाइलाइट गरी प्राप्त भएको कुरालाई वेवास्ता गर्ने प्रवृत्तिप्रति रहेको बताए। उनले धेरै लामो संघर्ष, त्याग र तपस्याबाट आएको व्यवस्था सबैको उपलब्धी भएको बताए।

पूर्वमन्त्री भीमसेनदास प्रधानले संसारमा सबैभन्दा उत्कृष्ट प्रजातन्त्र र समावेशीता सहितको संविधान नेपालसँग भएको बताए। उनले संघीयता कुनै जात, धर्मको लागि नभई स्थानीय नेतृत्वको विकासको लागि भएको बताए। 

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, जेठ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्