Kathmandu Press

पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ : विमलेन्द्र निधि

उनले तराई मधेशका क्षेत्रहरुमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे।
पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ : विमलेन्द्र निधि

धुनषा, जेठ १० : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाल पानी नै पानी भएको देश भएतापनि पिउने पानीको हाहाकार भइरहेको बताएका छन्।

नेपाल खानेपानी संस्थान कर्मचारी संघद्वारा शनिबार जनकपुरधाममा आयोजित कार्याशाला गोष्ठीमा बोल्दै नेता निधिले शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारले वैज्ञानिक नीति अवलम्बन गर्न आवश्यक रहेको बताए। 

Hardik ivf

उनले तराई मधेशका क्षेत्रहरुमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरु अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए।

काठमाडौंमा मेलम्चीको पानी आउने भन्दाभन्दै कयौं पटक प्रयास गरेतापनि अहिलेसम्म सहज रुपमा जनताले पानी पाउन नसकेको उनले गुनासो गरे। 

तराई क्षेत्रमा चुरे विनासका कारण जमिन मुनीको पानीको स्तर घट्दै गएको उनले बताए। अब सरकारले नदी र झरनाको पानीलाई पिउन लायक बनाउने प्रविधि जडान गर्न उनले सुझाव दिए।

नेता निधिले नेपाल खानेपानी संस्थानले अहिलेसम्म दिँदै आएको सुविधाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा जनतालाई प्रदान गर्न आग्रह गरेका थिए।
 

प्रकाशित मिति: १७:१६ बजे, शनिबार, जेठ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्