Kathmandu Press

सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

उनले साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसद्मा पेस गरिने जानकारी दिए। 
सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

कास्की, जेठ १० : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन्। 

पोखरामा भएको पत्रकारितामा महिलाको सहभागिता तथा विकासका लागि सरोकार भएकाहरुसँगको छलफलमा उनले आम स्रोता दर्शकलाई नवीन खोज र सञ्चार तथा सूचना प्रविधिको चरम विकासले ल्याएका अवसर र चुनौती, राष्ट्रियहित प्रवर्द्धन गर्ने विषय विषयवस्तु आमपाठक स्रोत तथा दर्शकले नपाएका बताए। 

Hardik ivf

‘पत्रकारिताका खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन यसमा सबैको ध्यान जानुपर्दछ। सूचनाको हक प्राप्त गर्ने नागरिकको पहिलो अधिकार भएकाले त्यसलाई कसरी प्रत्याभूत गर्ने, कसरी व्यवस्थित र मर्यादित गर्ने भनेर मन्त्रालयले काम गरिहेको छ,’ उनले भने। 

मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताए। उनले साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसद्मा पेस गरिने जानकारी दिए। 

‘मिडिया काउन्सिल विधेयक शीघ्र पारित गर्ने र आचारसंहिता विपरीतका गतिविधि नियमन गरिनेछ,’ मन्त्री गुरूङले भने।

मन्त्री गुरुङले देशमा गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएपछि सरकारले देशको सर्वाङ्गीण विकासका निम्ति थालेका प्रयास तथा अन्य आर्थिक समृद्धितर्फका क्रियाकलापलाई नेपाली पाठक स्रोता तथा दर्शकमा कम प्रस्तुत गर्ने  प्रवृत्ति ‘केही पनि भएन भन्ने गलत प्रचार’प्रति सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:४० बजे, शनिबार, जेठ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्