Kathmandu Press

नेताहरुले गरेका योगदानहरुलाई जनतासामु लैजान जरुरी छ : सभापति देउवा

नेताहरूले छाडेर गएका बाँकी कामहरुलाई सबै मिलेर पुरा गर्नुपर्ने बताउँदै उनले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे।
नेताहरुले गरेका योगदानहरुलाई जनतासामु लैजान जरुरी छ : सभापति देउवा
फाइल तस्बिर।

काठमाडौं, जेठ १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुले गरेको योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा कांग्रसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै उनले पार्टीमा रहेर देशका लागि नेताहरुले गरेका योगदानहरुलाई जनतासामु लैजान जरुरी रहेको बताए।

नेताहरुले छाडेर गएका बाँकी कामहरुलाई सबै मिलेर पुरा गर्नुपर्ने बताउँदै उनले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे।

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, जेठ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्