Kathmandu Press

प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन दाहालको सल्लाह 

दाहालले आफू राजावादीहरुसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिए।
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन दाहालको सल्लाह 

काठमाडौं, जेठ १० : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्।   

शुक्रबार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्की पुगेका दाहालले आफू राजावादीहरुसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिए।

प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईहरुले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि ने थिए, तीनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए । म सुन्दै छु, राजावादीहरुसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै भन्नु छैन, यदी त्यसो भनेको हो भने म प्रधानमन्त्री ज्यूलाई मानसिक अस्पतालमा जचाउन म सल्लाह दिन चाहान्छु।’

उनले माओवादीले प्रतिगामीहरुको विरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए। 

‘हामीले राजावादीहरुका विरुद्ध, प्रतिगामीहरुको विरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भष्ट्रचारीहरुको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौं,’ उनले भने, ‘उनीहरुप्रति बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामीहरुको राजावादीहरुको, निरङकुसतावादीहरुको भण्डाफोर गरिदिदाँ सरकारले थोरै भएपनि राहत महसुस गर्यो।’

उनले माओवादीको जनजागरण अभियानहरु राष्ट्रिय एकतालाई सुदृण गर्ने अभियान बन्न पुगेको बताए।  
 

प्रकाशित मिति: ११:०५ बजे, शनिबार, जेठ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्