Kathmandu Press

रविलाई थुनामा राख्ने उच्चकाे आदेश सर्वोच्चद्वारा सदर

रविकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले थुनामा पठाउनेउच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको हो।
रविलाई थुनामा राख्ने उच्चकाे आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं, जेठ ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

रविकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले थुनामा पठाउनेउच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको हो।

सर्वोच्चका न्यायाधीशहद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले नितिताको रिटलाई खरोज गर्दै उच्चको आदेश सदर गरेको हो। बहस दिउँसै सकिएपछि निकै ढिलाका गरेर आदेश आएको हो। 

सर्वोच्चको यो आदेशपछि अब रवि सुप्रिम सहकारी ठगीको मुद्दा जिल्ला अदालत रुपन्देहीबाट नटुंगिदासम्म थुनामै रहने छन्। थुनामुक्त हुने उनले सफाई पाउनुपर्ने छ।

प्रकाशित मिति: २०:५९ बजे, शुक्रबार, जेठ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्