सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सञ्चालनमा आउने
शुक्रबार मर्मतको काम सकिए पछि शनिबारदेखि नियमित जहाड उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए।-1748012245.jpeg)
सुर्खेत, जेठ ९ : रनवेमा खाल्डो परेपछि मंगलबारदेखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सञ्चालनमा आउने भएको छ।
विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका लागि विमान्स्थल चार दिनदेखि बन्द गरिएको थियो। शुक्रबार मर्मतको काम सकिए पछि शनिबारदेखि नियमित जहाड उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए।
विमानस्थलको उत्तरतर्फको भागको रनवेमा पानीको मुल फुटेपछि विमानस्थल बन्द गरेर रनवे मर्मत थालिएको थियो।
‘पहिले देखिएको खाल्डो मर्मत गर्दा रनवेमै अर्को ठाउँमा पानीको मुल फुटेपछि थप दुई दिन विमानस्थल बन्द गर्नु प¥यो’ विमानस्थल प्रमुख काफ्लेले भने, ‘रनवे मर्मत सकिएसंगै शनिबारबार जहाज नियमित गरिने छ।’
रनवेमा पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए।
मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरिक्षण गरेका थिए। उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरुलाई भनेको बताए।
‘विमानस्थलमुनी पुरै पानी छ भन्ने आशंका प्राविधिकहरुको छ’ उनले भने, ‘यसका लागि आवश्यक अनुसन्धान गर्नु पर्ने जरुरी भएको छ।’