Kathmandu Press

सर्वोच्च अदालत परिसरमा रास्वपा कार्यकर्ताको भीड

न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकाल लामिछानेको रिटमा आदेश सुनाउने तयारीमा रहेको बेला सर्वोच्च परिषरमा कार्यकर्ताको बाक्लो भिड लागेको हो।
सर्वोच्च अदालत परिसरमा रास्वपा कार्यकर्ताको भीड

काठमाडौं, जेठ ९ : रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको वन्दीप्रत्यक्षीकरण रिटमा आदेशको तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा कार्यकर्ताहरुको बाक्लो भिड लागेको छ।

न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकाल लामिछानेको रिटमा आदेश सुनाउने तयारीमा रहेको बेला सर्वोच्च परिषरमा कार्यकर्ताको बाक्लो भिड लागेको हो।

Hardik ivf

रास्वपाका कार्यकर्ता र लामिछानेका शुभेच्छुकहरु आदेशको व्यग्र प्रतिक्षामा छन्। अहिले सर्वोच्चको गेटमा सञ्चारकर्मीहरुको उपस्थिति बाक्लिएको छ।

लामिछानेकी श्रीमती निकिता पौडेल पनि सर्वोच्च परिसरमै छन्। सुरक्षाका लागि प्रहरीको पनि ठूलो संख्यामा उपस्थिति छ।

उता, रुपन्देहीको भैरहवास्थित कारागार परिसरमा पनि लामिछानेका कार्यकर्ताको भिड लागेको छ।  

प्रकाशित मिति: १९:३८ बजे, शुक्रबार, जेठ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्