Kathmandu Press

विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत 

विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमासर्वसम्मत निर्वाचित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालका लागि ठूलो उपलब्धी रहेको बताएका छन्।
विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत 

काठमाडौं, जेठ ९ : विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित भएको छ। 

जेनेभामा जारी संगठनको ७८ औँ महासभाबाट नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा तीन बर्षका लागि सर्वसम्मत भएको हो। 

Hardik ivf

विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमासर्वसम्मत निर्वाचित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालका लागि ठूलो उपलब्धी रहेको बताएका छन्। मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन्।

मन्त्री पौडेलले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको पनि बताए। उनले यस्बाट नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरे। 

स्वास्थ्य मन्त्री पौडेलले भने, ‘यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौँ।’ 

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, जेठ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्