Kathmandu Press

नवनियुक्त गभर्नर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

नियुक्ति बदर हुनुपर्ने माग गर्दै सरकार, गर्भर छनोट समितिलगायतलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो।
नवनियुक्त गभर्नर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं, जेठ ९ : नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमामा रिट निवेदन पेस भएको छ।

नियुक्ति बदर हुनुपर्ने माग गर्दै सरकार, गर्भर छनोट समितिलगायतलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो।

गर्भर पौडेलको कामकारवाहीमाथि तत्काल रोक लगाउन अन्तरिम आदेशको माग राखेर अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले रिट दिएका हुन्।

डा.पौडेललाई सरकारले गत ६ जेठमा गभर्नर नियुक्त गरेको थियो।

गभर्नर सिफारिस नहुँदै यिनै निवेदकहरुले दर्ता गरेको रिट भने खारेज गरिएको थियो ।

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, जेठ ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्