Kathmandu Press

भूमि ऐन अगाडि बढाउनुपर्ने कांग्रेस संसदीय दलको निष्कर्ष

बैठकमा भूमि सम्बन्धी ऐनको आठौँ संशोधनमा देखिएका कानुनी अप्ठ्यारा समाधान र केही विषयहरु थप गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
भूमि ऐन अगाडि बढाउनुपर्ने कांग्रेस संसदीय दलको निष्कर्ष
फाइल तस्बिर।

काठमाडौं, जेठ ९ : नेपाली कांग्रेस संसदीय दलको बैठकले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुन बमोजिम जग्गा खरिद गर्नसक्ने तर बिक्री गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्नुपर्ने निश्कर्ष निकालेको छ।

शुक्रबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा भूमि सम्बन्धी ऐनको आठौँ संशोधनमा देखिएका कानुनी अप्ठ्यारा समाधान र केही विषयहरु थप गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

Hardik ivf

कांग्रेसले आठौँ संशोधनले जग्गा विकासका लागि हदबन्दीभन्दा बढी जग्गा लिन सकिने व्यवस्था गरे पनि त्यसको बिक्री गर्न नपाइने नियम व्यवसायिक कार्यान्वयनमा वाधक बनेको निष्कर्ष निकालेको छ।

अव्यवस्थित बसोवास, भूमिहीन सुकुम्वासी तथा दलित सुकुम्वासीको समस्या समाधानका गर्नेगरी ऐन ल्याउने विषयमा समेत छलफल भएको छ।

प्रस्तावित विधेयकमा भूमिसम्बन्धी ऐन, २०२१ का विभिन्न दफा संशोधनको प्रस्ताव गरिएको छ। प्रचलित ऐनको दफा १२ मा संशोधन गरेर हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव गरिएको हो।

 

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, जेठ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्