Kathmandu Press

रविको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो

यो रिटमा मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो। 
रविको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो

काठमाडौं, जेठ ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

यो रिटमा मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो। 

Hardik ivf

सहकारीको रकम अपचलन प्रकणमा थुनामा रहेका रविसँगै छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार जाहेरी दिएका कानुन व्यवसायीले बहस गरेका थिए।

त्यसपछि रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए। उनीहरुका तर्फबाट अधिवक्ताहरू सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए।

आजै आदेश आउने छ।

रवि अहिले रुपन्देही जिल्ला कारागारमा थुनामा छन्।

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, जेठ ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्