‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’
उनले सीमा नाकासँग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए।-1747987297.jpg)
धनुषा, जेठ ९ : गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे।
उनले सीमा नाकासँग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए।
चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा अपराधिक घटनाहरु पनि बढ्दै गएको जानकारी दिएका छन्।
सीमा नाकासंग जोडिएका समस्याहरु समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए।
कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशका सुरक्षा निकायहरुमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरुलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताए।
उनले सुरक्षाकर्मीहरुलाई उचित आवास र खाना खाने ठाउँसमेत राम्रो नभएका कारण समस्या भोग्नु परेको सुनाए। उनले केन्द्र सरकारले सुरक्षाकर्मीहरुलाई उचित सुविधा प्रदान गर्न बजेट विनियोजन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे।