Kathmandu Press

परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो। 
परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, जेठ ८ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र जापानी विदेशमन्त्री इवाया ताकेसीबीच विहीबार भेटवार्ता भएको छ। 

परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाए अनुसार टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो। 

उक्त भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा.राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा जापानले विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

दुवै समकक्षीबीच नेपाल र जापान सम्बन्धको ७० वर्षे इतिहासका विविध पक्षमा छलफल भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ। 

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। 

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, जेठ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्