Kathmandu Press

रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्दाहेर्दै’मा
रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं, जेठ ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिट विहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटमाथि सुनुवाई भएको थियो। 

Hardik ivf

लामिछाने र पूर्वडीआईजी छविलाल वञ्जाडे जोशीका तर्फबाट कानुनव्यवसायीहरूको बहस सकिएको छ। लामिछानेका तर्फबाट आज वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बाँकी बहस सकाएका छन्।

सरकारी वकिलको बहस पनि सकिएको र जाहेरवालाको तर्फबाट मात्र बहस बाँकी रहेको वहशमा संलग्न कानुनव्यवसायीले जानकारी दिएका छन्। 

रिट निवेदकका वकीलको जवाफी बहसपछि लामिछानेलाई छाड्ने वा थुनामै राख्ने भन्ने सन्दर्भमा आदेश आउनेछ । पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए। 

लामिछाने र जोशी यतिबेला सहकारी ठगी प्रकरणमा भैरहवा जेलमा छन ।

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, जेठ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्